नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
इलाम


सेवामैत्री प्रशासनः स‌ङ्घीयतामा सुशासन

२०७४ कार्तिक ३० गतेसम्म राहदानी (MRP) फाराम पेश गर्नेहरुको राहदानी वितरण भइरहेको जानकारी गरिन्छ । विस्तृत नामावली यसै पृष्ठको बायाँ तिर रहेको "डाउनलोड" मिन्युमा गएर डाउनलाेड गरी हेर्न सक्नुहुनेछ ।

 

इलाम जिल्लाको परिचयः
नेपालको सुदूरपूर्वको मध्य पहाडी भू–भागमा अवस्थित इलाम जिल्ला प्राकृतिक र भौगोलिक रुपले अत्यन्त रमणीय छ । बिशेषगरी इलाम जिल्लालाई ७ ‘अ’ (अदुवा, अलैंची, आलु, अम्लिसो, ओलन, अकबरे, खोर्सानी, अर्थोडक्स चिया) ले चिनिन्छ । इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ । लिम्बु भाषामा ‘इ’ भनेको ‘घुमाउरो’ र ‘लाम’ भनेको ‘बाटो’ = (इ लाम) अथवा घुमाउरो बाटो भन्ने बुझिन्छ । त्यसैगरी इलाम नामाकरणमा लाप्चा भाषाको ‘इलोम’ (पुत्का उडेको वा बसेको ठाउँ) बाट उत्पत्ति भएको अर्को जनमानसमा मत रहेको छ । यसरी हेर्दा यस जिल्लाको नाम दुवै भाषाबाट उपयुक्त रहेको छ ।


इलाम जिल्लाको भौगोलिक स्थितिः
यस जिल्लाको पूर्वतर्फ भारतको दार्जिलिङ्ग, पश्चिम तर्फ मोरङ्ग र पाँचथर जिल्ला, दक्षिण तर्फ झापा जिल्ला र उत्तर तर्फ पाँचथर जिल्लाहरु पर्दछन् । यो जिल्ला १७०३ वर्ग किलोमिटर (१७१७५ हे.) क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको अक्षांश २६.४००  देखि २७.८०० उत्तरसम्म र देशान्तर ८७.४०० देखि ८८.१०० पूर्वसम्म फैलिएको छ । यस जिल्लामा हालसम्म ३ नगरपालिका र ४३ गाबिसहरु रहेका छन् । यस जिल्लाको सदरमुकाम इलाम १२९८ मिटरको उचाईमा अवस्थित छ ।


हावापानीः
समशितोष्ण जलवायु भएको यस जिल्लाको औषत अधिकतम तापक्रम उचाई अनुसार ३१ डिग्री से. र न्यूनतम तापक्रम ० डिग्री से. सम्म पुग्दछ । धेरैजसो कुहिरो र हुस्सुले ढाकिने यो जिल्लामा बर्षा याममा बढी पानी पर्दछ । पर्यटकीय दृष्टिकोणले इलाम भ्रमणका निम्ति बसन्त ऋतु र शरद ऋतु उत्तम मानिन्छ ।


जनसंख्याः
       पुरुष १४११२६ ९४८।६२ प्रतिशत                  महिला १४९१२८ ९५१।३८ प्रतिशत
       कूल जनसंख्यास् २९०२५४                          जनघनत्वस् १७०
       लैङ्गिक अनुपातस् ९४।६                           जनसंख्या बृद्धिदरस् १।६४

जाति, धर्म, भाषा तथा मौलिक संस्कृतिः
यस जिल्लामा ब्राह्मण, क्षेत्री, लिम्बु, राई, गुरुङ्ग, तामाङ्ग आदिको मुख्य बसोबास रहेको छ भने धर्मको आधारमा हिन्दु– ४४.४९%, किरात– ३५.६१%, बौद्ध– १५.२९%, क्रिश्चियन– २.५०%, प्राकृत– १.३४%, इस्लाम– ०.०८% र अन्य– ०.७०% रहेको छ । यहाँ नेपाली, लिम्बु, राई, मगर, गुरुङ्ग आदि प्रमुख भाषाहरु बोल्ने गरेको पाइन्छ । यहाँका मौलिक नाचहरुमा धान नाच, च्याबु्रङ्ग नाच, डम्फू नाच, मारुनी नाच, संगिनी नाच, बालन नाच, दमाई नाच, लेप्चा नाच, रोपाईँ जात्रा, गाई जात्रा, भजन किर्तन आदि पर्दछन् ।


धार्मिक स्थलहरुः
यस जिल्लाका नारायणस्थान, पाथीभरादेवी, सेतीदेवी, पञ्चकन्यादेवी, माइपोखरी, गजुरमुखी, माईस्थान, माङ्गमालुङ्ग र सिंहदेवी आदि प्रमुख धार्मिक स्थलहरु हुन ।


पर्यटकीय स्थलहरुः
इलाम जिल्लास्थित पर्यटकीय स्थलहरुमध्ये माइपोखरी (२१२१ मिटर), श्रीअन्तु (१६७७ मिटर), सन्दकपुर (३६३६ मिटर), सिद्धिथुम्का (१८०० मिटर), छिन्तापु (३३५३ मिटर) र कन्याम आदि प्रसिद्ध छन् ।
 

  यससंग साथै जोडीएका विवरणहरु

Title Size Download
267 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय