Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

मंगलवार, असार ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको परिचय

नेपालका सातवटा प्रदेशहरूमा कोशी प्रदेशका चौध वटा जिल्ला मध्येको एक पहाडी जिल्ला हो इलाम । इलामको नामाकरणका सम्बन्धमा केही प्राचीन लेखहरूमा उल्लेख छ । यद्यपि यस सम्बन्धमा ऐतिहासिक, भौगोलिक, प्राकृतिक, मानवशास्त्रीय आदि द‍ृष्‍टिकोणले अध्ययन हुन बाँकी नै छ । तर पनि यसको नामाकरणका सम्वन्धमा निम्न अनुसारका कथन/मत रहेको पाइन्छ । 

प्राचीन शास्त्रीय मत अनुसार राजा सरियातिले पुत्र प्राप्‍तिका लागि हालको माईपोखरीमा पुत्रेष्‍ठी यज्ञ गरे । उनकी पत्‍नी छोराको सट्टा छोरी चाहन्थिन् र यज्ञ गर्ने ब्राम्हणलाई खुसुक्‍क छोरी जन्मने यज्ञ गरिदिन आग्रह गरिन् । ब्राम्हणहरूले पनि रानीको आग्रह अनुरुप छोरी जन्मने यज्ञ गरिदिए र छोरी (इला) जन्मिन् । छोरी जन्मेको देखेर राजा सरियाती इलामा (इला-छोरी र मा चाहिँदैन) इलामा भन्‍न थाले । यही इलामा पछि इलाम भयो भन्‍ने भनाई छ ।

इश्‍वी १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम वंशी राजाले दक्षिण पश्‍चिम पर्सियाका काशी वंशी राजालाई विजय गरी सदाका लागि देश निकाला गरे र तिनीहरू पूर्वतर्फ लागे । तिनै मानिसहरू यहाँ आई बसोबास गरे र आफ्नो जन्मभूमिको सम्मानमा यो ठाउँको नाम इलाम राखे भन्‍ने अर्कोथरी मत छ ।

यसैगरी अर्को मत अनुसार यस जिल्लाको नाम लिम्बु भाषाबाट रहन गएको हो । लिम्बु भाषामा "इ" को अर्थ घुमाउरो र "लाम" को अर्थ बाटो हुने भएकोले यस क्षेत्रमा बसोबास गर्ने समुदायको एउटा गाउँबाट अर्को गाउँमा पुग्न भौगोलिक अवस्थितिका कारण घुमाउरो बाटो प्रयोग गर्नुपर्ने हुँदा लिम्बु भाषाबाट यस जिल्लाको नाम ईलाम रहन गएको हो ।

यस्तै अर्को मत अनुसार आदिवासी लेप्चा जातिको रोङ भाषाको इ (पुतका (मौरीको एक किसिम) र लोम (उठेको र बसेको) ठाउँ इलोम) बाट इलाम भएको विश्‍वास गरिएको छ । नेपालमा यो जाति इलामको माईपोखरीका १५ वटा गाविसहरूमा मात्र बसोबास गर्दछन् । यो जाति मौरी पालनमा निपुण छ । यिनीहरूको मौरीपालनको परम्परागत प्रविधि छ । आजकल पनि मलिम (पञ्‍चकन्या गाविस) र सुतुङ (समालुङ गाविस) मा पुत्का पालन हुने गर्दछ । यो क्षेत्रमा बस्ती विकासको प्रारम्भिक अवस्थामा लाप्चाहरूले जतासुकै पुत्का उडेको देखेर इलोम भनी यो ठाउँको नाम राखे । पछि शब्दान्तर हुँदै जाँदा इलाम भयो ।

इलाम जिल्लाको भौगोलिक अवस्थितिः

अक्षांश                   :     उत्तरी २६.४०" देखि उत्तरी २७.८" सम्म

देशान्तर                 :     पूर्वी ८७.४०" देखि पूर्वी ८७.१०" सम्म

उचाई                    :      समुन्द्री सतहबाट ३०० मिटर देखि ३६३७ मिटर सम्म

सीमाना                  :      पूर्व भारतको पश्‍चिम बङ्गाल राज्यको दार्जिलिङ्ग जिल्ला, पश्‍चिम मोरङ र पाँचथर जिल्ला,  उत्तर पाँचथर जिल्ला र दक्षिण झापा जिल्ला

अन्तर्राष्ट्रिय सीमा     :        ५२.५ कि.मी.

क्षेत्रफल                 :         १७०३ वर्ग किलोमिटर

अवस्थिति              :         पहाड

औसत लम्बाई        :        पूर्व-पश्‍चिम ५० किलोमिटर

अधिकतम लम्बाई   :        पूर्व-पश्‍चिम लम्बाई ५७ किलोमिटर

औसत चौडाई        :        उत्तर-दक्षिण ३८ किलोमिटर

अधिकतम चौडाई   :        उत्तर-दक्षिण ४५.८ किलोमिटर


पछिल्लो अपडेट गरिएको : 2083-03-15 17:11:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, इलाम