निवेदनमा रु.१०।- को हुलाक टिकट
आवश्यक कागजात पुगेकोमा सोहि दिन
१) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो सहित सम्बन्धित वडाध्यक्ष बाट प्रमाणित गरी सिफारिस गरिएको अनुसूची - १ फाराम ।
२) बाबु र आमाको नागरिकता, सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकता र नाता प्रमाणित ।
३) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ।
४) जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र, नाबालक परिचयपत्र लिएको भए सो समेत।
५) बाबु, आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ताभित्रको नजिकको नातेदारसँगको नाता प्रमाणित सहित सनाखत
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंशज खुल्ने बुबा, आमा वा दाजुभाईको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा/घर निर्माण सम्पन्न प्रमाणपत्र / कर तिरेको प्रमाण साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख सम्वन्धी विवरण
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाँप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र
१०) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का ।
नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ ।
१. टोकन मेसिनबाट "नागरिकता" भन्ने बटनमा क्लिक गरी टोकन लिने ।
२. टोकन र सबै कागजात सहित काउन्टर नं. १ (झ्याल नं. १ (१०१)) मा प्रशासकीय अधिकृतज्यूकोमा तोक लगाउने ।
३. तोक लागिसकेको कागजातसहित झ्याल नं. २ (१०२) र ३ (१०३) मध्ये कुनैमा बुझाउने ।
४. त्यसपछि कम्प्युटर कक्षको झ्याल नं. ४ मा गई प्रमाणपत्र प्रिन्ट भइसकेपछि २ वटा फोटो दिने । अनि प्रमाणपत्र र कार्यालयको अभिलेखमा औँठाछाप लगाउने । अनि, अनुसूचि १ मा सनाखत गराउने व्यक्तिको पनि सनाखत गराउने ।
५. प्रमाण पत्रमा प्रशासकीय अधिकृतले सही गरेर छाप लगाइसकेपछि काउन्टर नं. १ (झ्याल नं. १) बाट प्रमाण पत्र लिने ।