| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशज नेपाली नागरिकता प्रमाणपत्र |
|||||||||||
|
१) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो सहित सम्बन्धित वडाध्यक्ष बाट प्रमाणित गरी सिफारिस गरिएको अनुसूची - १ फाराम । २) बाबु र आमाको नागरिकता, सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ताभित्रको नातेदारको नागरिकता र नाता प्रमाणित । ३) हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति । ४) जन्मदर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र, नाबालक परिचयपत्र लिएको भए सो समेत। ५) बाबु, आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ताभित्रको नजिकको नातेदारसँगको नाता प्रमाणित सहित सनाखत ६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंशज खुल्ने बुबा, आमा वा दाजुभाईको नागरिकता । ७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा/घर निर्माण सम्पन्न प्रमाणपत्र / कर तिरेको प्रमाण साथै अन्य जिल्लाबाट वसाई सराई गरी आएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/इलाका प्रशासन कार्यालयको अभिलेख सम्वन्धी विवरण ८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाँप्रति समेत । ९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र १०) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको सर्जमिन मुचुल्का । नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ । |
१. टोकन मेसिनबाट "नागरिकता" भन्ने बटनमा क्लिक गरी टोकन लिने । २. टोकन र सबै कागजात सहित काउन्टर नं. १ (झ्याल नं. १ (१०१)) मा प्रशासकीय अधिकृतज्यूकोमा तोक लगाउने । ३. तोक लागिसकेको कागजातसहित झ्याल नं. २ (१०२) र ३ (१०३) मध्ये कुनैमा बुझाउने । ४. त्यसपछि कम्प्युटर कक्षको झ्याल नं. ४ मा गई प्रमाणपत्र प्रिन्ट भइसकेपछि २ वटा फोटो दिने । अनि प्रमाणपत्र र कार्यालयको अभिलेखमा औँठाछाप लगाउने । अनि, अनुसूचि १ मा सनाखत गराउने व्यक्तिको पनि सनाखत गराउने । ५. प्रमाण पत्रमा प्रशासकीय अधिकृतले सही गरेर छाप लगाइसकेपछि काउन्टर नं. १ (झ्याल नं. १) बाट प्रमाण पत्र लिने । |
||||||||||
| 2 |
वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र |
|||||||||||
|
१) A4 Size को नेपाली कागजमा सम्बन्धित वडा कार्यालयबाट अनूसूची-७ मा हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहित सम्बन्धित वडाध्यक्षले प्रमाणित गरेको सिफारिस। २) बाबु र आमाको सम्बन्धित देशको पहिचान खुल्ने नागरिकताको प्रमाणपत्र ३) सक्कल विवाह दर्ता प्रमाण र सपथ पत्र ४) सम्वन्धित देशको पहिचान खुल्ने प्रमाण र विदेशीनागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा ५) सनाखत गर्ने पति र निजको सक्कल नेपाली नागरिकता प्रमाणपत्र ६) प्रमाणिकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का |
|||||||||||
| 3 |
आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न |
|||||||||||
|
१. नियमावलीको अनुसूची-१ बमोजिमको विवरण भरी सम्बन्धित वडाध्यक्षबाट फोटो समेत प्रमाणित गरेको फाराम २. आमाको नेपाली नागरिकताको प्रमाणपत्र ३. जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र ४. जन्मस्थान र आमासँगको नाता साथै नेपालमा जन्म भई नेपालमा नै बसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस र सर्जमिन मुचुल्का ५. हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ६. आमाको सनाखत ७. नियमावलीको अनुसूची ४ (क) र ४ (ख) बमोजिमको स्वघोषणा ८. आमाको मृत्यु भईसकेको भए मृत्युदर्ता प्रमाणपत्र र होस ठेगानामा नरहेकोमा स्वीकृत चिकित्सकको सिफारिस । नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ । |
|||||||||||
| 4 |
मातृत्व र पितृत्व ठेगान नभएकाले नागरिकता प्राप्त गर्न |
|||||||||||
|
१. नियमावलीको अनुसूची-१ बमोजिमको विवरण भरी सम्बन्धित वडाध्यक्षबाट फोटो समेत प्रमाणित गरेको फाराम २. वालमन्दिर, अनाथलय जस्ता नेपाल सरकारबाट मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र संस्थाको प्रमुखको सनाखत साथै सो को आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस र सर्जमित मुचुल्का ३. कानूनी संरक्षकद्धारा हुर्काईएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस र सर्जमिन मुचुल्का ४. कुनै व्यक्ति विशेषले पालनपोषण गरेको भए पालनपोषण गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र तथा सनाखत र सोही व्यहोरा बमोजिमको सम्बन्धित स्थानीय तहको सिफारिस र सर्जमित मुचुल्का नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ । |
|||||||||||
| 5 |
जन्मको आधारमा नेपाली नागरिकता लिएका आमा र बाबुका सन्तानले वंशजको नागरिकता प्राप्त गर्न |
|||||||||||
|
१. नियमावलीको अनुसूची १ बमोजिमको विवरण भरी सम्बन्धित वडाध्यक्षबाट फोटो समेत प्रमाणित गरेको फाराम । २. हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति ३. आमा र बाबुको नेपाली नागरिकताको प्रमाणपत्र ४. जन्मदर्ता प्रमाणपत्र ५. जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ६. शैक्षिक योग्यताको प्रमाणपत्र ७. ठेगाना परिवर्तन गरी नागरिकता लिन चाहेमा बसाई सराई दर्ता प्रमाणपत्र । नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ । |
|||||||||||