निवेदनमा रु.१०।- को हुलाक टिकट
आवश्यक कागजात पुगेकोमा सोहि दिन
१. नियमावलीको अनुसूची-१ बमोजिमको विवरण भरी सम्बन्धित वडाध्यक्षबाट फोटो समेत प्रमाणित गरेको फाराम
२. आमाको नेपाली नागरिकताको प्रमाणपत्र
३. जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र
४. जन्मस्थान र आमासँगको नाता साथै नेपालमा जन्म भई नेपालमा नै बसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस र सर्जमिन मुचुल्का
५. हालसालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति
६. आमाको सनाखत
७. नियमावलीको अनुसूची ४ (क) र ४ (ख) बमोजिमको स्वघोषणा
८. आमाको मृत्यु भईसकेको भए मृत्युदर्ता प्रमाणपत्र र होस ठेगानामा नरहेकोमा स्वीकृत चिकित्सकको सिफारिस ।
नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ ।