Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, इलाम

न्यून व्यान्डविथ Invert Color A- A A+

मातृत्व र पितृत्व ठेगान नभएकाले नागरिकता प्राप्त गर्न

शुल्क

निवेदनमा रु.१०।- को हुलाक टिकट



लाग्ने समय

आवश्यक कागजात पुगेकोमा सोहि दिन

कागजातहरु

१. नियमावलीको अनुसूची-१ बमोजिमको विवरण भरी सम्बन्धित वडाध्यक्षबाट फोटो समेत प्रमाणित गरेको फाराम

२. वालमन्दिर, अनाथलय जस्ता नेपाल सरकारबाट मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र संस्थाको प्रमुखको सनाखत साथै सो को आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस र सर्जमित मुचुल्का

३. कानूनी संरक्षकद्धारा हुर्काईएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस र सर्जमिन मुचुल्का

४. कुनै व्यक्ति विशेषले पालनपोषण गरेको भए पालनपोषण गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र तथा सनाखत र सोही व्यहोरा बमोजिमको सम्बन्धित स्थानीय तहको सिफारिस र सर्जमित मुचुल्का 

नोटः अनिवार्य रुपमा सक्कल कागजातहरु संलग्न गर्नुपर्नेछ । 



प्रक्रियाहरु

पछिल्लो अपडेट गरिएको : 2082-12-30 17:12:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, इलाम .